चितवन । भूकम्पपछिको पुनर्निर्माणका लागि जिल्लामा ५९६ लाभग्राही थप भएका छन् । जिल्लामा ५९६ भूकम्प प्रभावित थपिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यही मङ्सिर १५ गते गरेको निर्णयानुसार नयाँ लाभग्राही थप गरेको हो ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुरका अनुसार पुनर्निर्माणतर्फ ३०७ र आंशिक क्षतितर्फ २८९ नयाँ लाभग्राही थपिएका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचीमा थपिएको हो ।
कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार सो समयसम्म नौ हजार ५६९ को गुनासो केन्द्रमा पठाइएको थियो । त्यसमध्येबाट नै प्राधिकरणले लाभग्राही थप गरेको हो । उहाँका अनुसार थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ ।
यस्तै कार्यालयले जिल्लाको पुनर्निर्माणको ६८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । सात हजार ४६० लाभग्राहीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् । त्यस्तै दोस्रो किस्ताबापतको रकम पाँच हजार ५४० ले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको सङ्ख्या छ हजार ८५९ रहेको छ ।
मङ्सिर १५ गतेको निर्णयले लाभग्राहीको सङ्ख्या थप भई सात हजार ७६७ पुगेको छ । उनीहरुले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख प्राप्त गर्ने छन् । यस्तै आंशिक एक हजार ४६ मध्ये ६५४ को रकम निकासा भइसकेको छ । आंशिकतर्फ एक हजार ३३५ पुगेको इञ्जिनीयर नेपालले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ पुस २०७६, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाद्वारा बाजुराको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न
भूकम्पले जीर्ण बालाजु पौडी पोखरी एक दशकपछि पुनर्निर्माण
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने