आज कति छ सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १२ : ५५
आज कति छ सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार तोलामा ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० ले बढेर तोलामा ७१ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै मंगलबार तेजावी सुन तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । यसअघि सोमबार चाँदी ५४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस