जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।
आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी न।पा।९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो । अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० मंसिर २०७६, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ