जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो ।
आइतबार साँझ जिल्लाको मटिहानी बजारबाट जलेश्वरतर्फ चाँदी बोकी आउँदै गरेका युवक ठाकुरलाई मटिहानी न।पा।९ स्थित जलसागर नजिकै सशस्त्र प्रहरीले शङ्का लागी जाँच गर्दा चाँदीसहित पक्राउ गरेको हो । अभियुक्त ठाकुरलाई आवश्यक कारबाहीका लागि गए राति नै सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय मलिवारा, जलेश्वरमा बुझाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० मंसिर २०७६, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ