काठमाडौँ । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र केशव लामालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले फ्याङ्बो तामाङको घरमा घेवा हेर्न गएको अवस्थामा एकापसमा झगडा हुँदा लामाको हत्या गरिएको जानकारी दिनुभयो । “एक आपसमा झगडा गर्दा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको र पीडितको परिवारको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो ।
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको ब्यूरोले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २९ मंसिर २०७६, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ