‘छिमेक नीति मुख्य प्राथमिकता’

पत्रपत्रिकाबाट

शुक्रबार, २६ माघ २०७४, ०७ : २०
‘छिमेक नीति मुख्य प्राथमिकता’

प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीति सञ्चालनका देखिएका असहजता चिर्दै छिमेक नीतिलाई मुख्य प्राथमिकतामा राख्न सरकार दृढ रहेको बताएका छन् ।

कतिपय भद्दा र असहज भनिएका कूटनीतिक अभ्यासलाई चिर्न सक्नुपर्ने धारणा उनको छ ।

सबै दलहरूसँगको सहकार्यमा सुधारको थालनी गर्दा सुधार हुने उनको भनाइ छ ।

विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदलले बनाएको बदलिँदो विश्व परिवेशअनुरूपको ‘गतिशील परराष्ट्र नीति’ को मस्यौदा बिहीबार बुझ्दै देउवाले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।

गत वैशाखमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘गतिशील परराष्ट्र नीति’ उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

नेपालको कूटनीति सञ्चालनमा एकरूपता नभएको भन्ने आलोचनाबीच कार्यदल बनेको थियो । प्रधानमन्त्रीलाई बुझाएलगत्तै मस्यौदा परराष्ट्र मन्त्रालयको वेबसाइटमा राख्ने पूर्वतयारी थियो ।

तर कूटनीति सञ्चालनको महत्त्वपूर्ण विषय भएकाले मन्त्रिपरिषद्मा पारित गराएर मात्र सार्वजनिक गर्ने तयारी गरिएको परराष्ट्र अधिकारीहरूले बताए ।

प्रधानमन्त्रीले उक्त मस्यौदा बुझेलगत्तै परराष्ट्र मन्त्रालयलाई अध्ययन गर्न भनेको सहभागीले बताए ।

यद्यपि उच्चस्तरीय कार्यदलले सरकारले यो प्रतिवेदन कार्यान्वयन गरे नगरेको अध्ययन गर्ने अनुगमन समितिसमेत बनाउने सुझाव दिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस