नयाँ सरकार गठनका ६ विकल्प

पत्रपत्रिकाबाट

शुक्रबार, २६ माघ २०७४, ०७ : ०८
नयाँ सरकार गठनका ६ विकल्प

काठमाडौं । राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रियाले मूर्तरुप लिन नसक्दा नयाँ सरकार कस्तो र कसको नेतृत्वमा गठन हुन्छ भन्ने अझै अनिश्चित छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढेका दुई दल एकीकरणसहित सत्ता साझेदारीमा सहमत भए फागुन दोस्रो सातासम्म एमाले अध्यक्ष केपी ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्नेछन् ।

यस्ता छन् विकल्प
-एमाले–माओवादी केन्द्र
-माओवादीको समर्थनमा एमाले
-फोरमसहितका दलहरुको समर्थनमा एमाले
-एमाले समर्थनमा फोरम
-एमालेबाहेकका समर्थनमा माओवादी
-ठूलो दलको हैसियतमा एमालेको अल्पमतको सरकार
संविधानको धारा ७६ मा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस