राजश्व छल्न नयाँ शैली

पत्रपत्रिकाबाट

आइतबार, २९ मंसिर २०७६, ०७ : ०४
राजश्व छल्न नयाँ शैली

काठमाडाै । राजस्व छल्नेहरूले नयाँनयाँ शैली अपनाउँदै राजस्व छली र भ्रष्टाचार गर्ने गरेको पाइएको छ । अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गर्ने, फल्स बटम बनाउने, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार गरी राजस्व छल्ने गरेको पाइएको हो । गैरकानुनी रूपमा नेपाल भित्यारइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सारका अधिकृतहरू नै यस्ता कार्यमा संलग्न भएको भेटिएपछि राजस्व छलीका अनेक रूप सतहमा आएको हो ।

यस्ता विभिन्न गतिविधिबाट राजस्व छली एवं राजस्व चुहावट गरेको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिहरूविरुद्ध हालसम्म अबौं रूपैयाँको बिगो दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले मूल्य अभिवृद्धिकर (भ्याट) बिलको नक्कली कारोबार, फल्स बटम बनाएर भन्सार छल्ने र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्रीवितरण गरी राजस्व छल्ने प्रवृत्ति अत्यधिक रहेको बताए ।

यसका साथै, चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट बिनाघोषणा रेफ्रिजेरेटर कन्टेनरसहित टनका टन तयारी मासुसमेत काठमाडांै ल्याएर राजस्व छल्ने क्रमसमेत अत्यधिक बढेको महानिर्देशक मैनालीको भनाइ छ । राजस्व छलीका अनेक रूप अपनाउनेहरूले अहिले नियन्त्रित वस्तुहरूको आयात गर्दा, बढी भन्सार दर भएका मालवस्तु एवं धेरै मूल्यका सवारी साधन भिœयाउँदा विभिन्न तरिका अपनाएर राजस्व छली गर्ने गरेको पाइएको जानकारी गराउँदै उनले पछिल्लो समय विभागको अनुसन्धान टोलीले राजस्व छलीविरुद्ध थप सक्रियता अपनाइरहेको बताए । विभागले भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याएर नक्कली नम्बर प्लेट राखी बिक्री र नक्कली बिजक प्रयोग गरेको अभियोगमा शुक्रबार सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले नुवाकोटको विदुर नगरपालिकाका सन्तबहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका–८ का कृष्णानन्द भट्ट, वीरगन्ज महानगरपालिका–३ का निजामुद्दिन र तेह्रथुम आठराई गाउँपालिका–४ का अभयराज घिमिरेविरुद्ध ३ करोड ३५ लाख रूपैयाँ बिगोसहित दोम्बरसम्म जरिवाना गरी तीन वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

यसैगरी, विभागले काभ्रेको पोखरीचौरी स्थायी बसोबास भई हाल काठमाडौं महानगरपालिका –३२ बस्ने एस एन्ड एस अफसेट प्रेसका सञ्चालक रामशरण गौतमविरुद्ध पनि काठमाडांै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक मैनालीले गौतमले राजस्व चुहावट गरेको अभियोगमा २ करोड ७९ लाख बिगो कायम गरी बिगोको दोब्बर बराबर जरिवाना र तनि वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको जानकारी दिए । राजस्व छल्ने कार्य नियन्त्रणका लागि आक्रामक रूपमा अघि बढेको विभागले यसअघि गत ९ मंसिरमा मजदुरको नाममा नक्कली फर्म खडा गरी राजस्व छल्ने २१ जना विरुद्ध १ अर्ब २९ करोड ३६ लाख रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । राजधानी दैनिकमा खबर छ ।