सुतेकै अवस्थामा मृत भेटिए कलाकार दीपक क्षेत्री

सफल खबर संवाददाता

शनिबार, २८ मंसिर २०७६, २० : १६
सुतेकै अवस्थामा मृत भेटिए कलाकार दीपक क्षेत्री

काठमाडौं । कलाकार दीपक क्षेत्री मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरीले जानकारी दिएको छ। 

उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि पुर्‍याइएको छ। ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।

उनको अभिनय रहेको पछिल्लो चलचित्र  ‘छ माया छपक्कै’ हो । 

प्रतिक्रिया दिनुहोस