विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयनलगायत मात्र भएको प्रष्ट पार्नुभयो । जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत दिएको मान्नु पर्ने उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगल हुनुले सरकार सञ्चालन र पार्टी सङ्गठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भई समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सीमा विवादलाई अन्तरराष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नु मात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्ला मात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २८ मंसिर २०७६, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल
तत्काल सरकारमा जाने मनस्थितिमा छैन: माधव नेपाल
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल