काठमाडौं । बिहीबार असन्तुष्ट समूहको बहिस्कारका बाबजुत सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गरेपछि कांग्रेसभित्रको गुटगत विवाद थप चर्किएको छ। संस्थापन पक्ष र अन्य समूह आ–आफ्नो आगामी रणनीति बनाउन शुक्रबार गुटगत बैठकमा व्यस्त भए।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो उनीनिकट नेताको अनौपचारिक बैठक बसेको थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साँझ बसेको थियो।
१४ औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मागका बारेमा संस्थापन पक्षीय नेताबीच छलफल भएको थियो। बिहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशको विषय प्रस्तावमा रुपमा पेश नभएको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेको थियो। देउवा समूहले भने संघीयता अनुसार पार्टीको अन्तरिम संरचना निर्माण सम्पन्न भइनसकेकाले महाधिवेशनको मिति घोषणा सम्भव नभएको स्पष्ट पारेको छ।
शुक्रबारको गुट भेलामा सभापति देउवाले आइतबार बस्ने केन्द्रीय समिति बैठक अघि सहमतिको प्रयास गर्ने तर सहमतिका नाममा अब पर्खेर नबस्ने गुटका नेतालाई बताएका थिए। ‘सहमतिमै पार्टीका निर्णय गर्ने पक्षमा सभापति हुनुहुन्छ, अझै समय छ, सहमतिका लागि प्रयास हुन्छ,’ बैठकमा सहभागी सभापति देउवा निकट एक नेताले अन्नपूर्णसँग भने, ‘तर सहमतिका नाममा समय घर्किन नदिने मनसायमा उहाँ हुनुहुन्छ। केन्द्रीय समितिमा पेश भएको प्रस्ताव अनुसार संख्या बढाएर विभाग गठन चाँडै हुन्छन् ।’ यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ मंसिर २०७६, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल