हजारमा तलब बुझ्ने  सुब्बा करोडौँका मालिक !

पत्रपत्रिकाबाट

शनिबार, २८ मंसिर २०७६, ०७ : ११
हजारमा तलब बुझ्ने  सुब्बा करोडौँका मालिक !

काठमाडौं । सरकारले तोकेको तलबमानअनुसार नायब सुब्बाको तलब २८ हजार २०० हुन्छ । अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर धेरै पनि बचत निकाल्नु आमसुब्बाका लागि सपना मात्र हुन सक्छ । तर, हजारमा तलब बुझ्ने केही सुब्बा करोडौँका मालिक भएका छन् । काठमाडौँलगायत सहरमा घरघडेरी, विलासी गाडी, व्यवसायमा लाखौं लगानी, बैंकमा अथाह बचत उनीहरुको आर्थिक धरातल हो । भ्रष्टाचारको समुद्रमा पौडिन माहिर उनीहरु अख्तियारको चल्तीको भाषामा ‘सानो माछा’ हुन् । 

भ्रष्टाचार र घुस प्रकरण रंगेहात पक्राउ पर्ने निजामती कर्मचारीमा नायब सुब्बा नै बढी छन् । आर्थिक वर्ष २०७५र७६ मा रंगेहात पक्राउ परेका १६१ कर्मचारीमध्ये ४७ जना सुब्बा छन् । ३२ शाखा अधिकृत, २९ खरिदार, २४ कार्यालय सहयोगी, १५ जुनियर कर्मचारी, १० उपसचिव, दुई सहसचिव र दुई सचिव छन् । 

निजामती सेवामा नासु तल्लो पद हो । तर, सेवा प्रवाहमा नासुको जिम्मेवारी अग्रपंक्तिमा रहन्छ । सरुवा भइरहने उपल्लो तहका हाकिमले हत्तपत्त सरुवा नहुने नासुसँग कामको सहजताका लागि पनि विश्वासमा लिन चाहन्छन् । आमसेवाग्राही र हाकिमबीच सम्पर्क सेतुको भूमिकामा पनि नासु नै हुन्छ ।  नयाँ पत्रीकाले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस