गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाललाई १० लाख रुपैँया सहयोग

सफल खबर संवाददाता

शुक्रबार, २७ मंसिर २०७६, २० : ३९
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाललाई १० लाख रुपैँया सहयोग

चितवन । चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी सहयोग आउने क्रम बढेको छ ।

विभिन्न अवसर पारी व्यक्ति तथा संस्थाले सहयोग गरीरहेका छन । नारायणगढमा रहेको हंस बहुउदेश्यीय सहकारीले आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १० लाख रुपैँया हस्तान्तरण गरेको हो । 
संस्थाको १० औँ बार्षिकोत्सवको अवसर पारी फाउण्डेसनका अध्यक्ष सितारा कट्टेल धुर्मुसलाई संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले हस्तान्तरण गरेका हुन । 

डिपिआर तयार भएसँगै पछिल्लो समय रंगशाला निर्माणले गति लिएको छ । धुर्मुसकै उपस्थितिमा हरेक दिन १ सय ६१ जना कामदार रंगशाला निर्माणमा खटिएको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष धुर्मुसले हरेक दिन व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग आउने क्रम बढेको बताउदै सवैको सहयोग निरन्तर रहे निर्धारीत मितिमै निर्माण सम्पन्न हुन बताए ।

प्रतिक्रिया दिनुहोस