एभरेस्ट होटलका सञ्चालक लारी पक्राउ

पत्रपत्रिकाबाट

शुक्रबार, २६ माघ २०७४, ०६ : ५३
एभरेस्ट होटलका सञ्चालक लारी पक्राउ

लागुऔषध मुद्धामा १९ बर्षदेखि फरार रहेका राजधानीको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलका अध्यक्ष मसकुमार अहमद लारी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले निवास महाराजगन्जबाट पक्राउ गरेको हो । २०५५ ताका जर्मनी पुगेको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्नता देखिएपछि अदालतले वारेन्ट जारी गरेको थियो ।

तर उनी पक्राउ परेको थिएनन् । महारजगन्जस्थित घरमा बस्दै आए पनि प्रहरीले नदेखेझै गर्दै आएको थियो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस