तयार हुँदैछ गद्दी बैठक

पत्रपत्रिकाबाट

शुक्रबार, २६ माघ २०७४, ०६ : ५१
तयार हुँदैछ गद्दी बैठक

तस्बिर : नागरिक

काठमाडौं । भूकम्पले क्षति पुर्याएको वसन्तपुरस्थित गद्दी बैठक भवनको प्रबलीकरण भइरहेको छ ।

हालसम्म प्रबलीकरणको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । वसन्तपुर क्षेत्रका काष्ठमण्डप, माजुदेगललगायत ऐतिहासिक सम्पदाको पुननिर्माण सुरु हुन सकेको छैन ।

तर, गद्दी बैठकको प्रबलीकरण भने धमाधम भइरहेको छ । आजको नागरिक(काष्ठमण्डप)मा यो खबर छापिएको छ ।

२० औं शताब्दीको सुरुमा निर्मित गद्दी बैठक अमेरिकी परियोजना 'मियामोटो ग्लोबल डिजास्टर रिलिफ' अन्तर्गतको 'मियामोटो फाउन्डेसन'ले प्रबलीकरण गरिरहेको छ । फाउन्डेसनका परियोजना प्रमुख मुकुन्द विष्टका अनुसार, गद्दी बैठक प्रबलीकरण चाँडै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस