काठमाडौं । विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने २० वर्षीय देवशङ्कर राम, जीतपुरसिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ बस्ने ३९ वर्षीय दीपेन्द्रकुमार धानुक रहेको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।
परवानीपुरमा रहेको एमएस इँट्टा उद्योगका सञ्चालक कलैया उपमहानगरपालिका–२५ बस्ने मनोज साह तेलीलाई प्रमोदले पटक पटक फोन गरी फिरौती रकम माग गरेका थिए । माग गरिएको रु १५ लाख दिन नसक्दा सोही इँट्टा उद्योगमा २०७६ कात्तिक ४ गते उनकै समूहले बम विस्फोट गराई पुनः फिरौती माग गर्दै नदिए परिवारलाई समेत खतरा हुने धम्की दिएका थिए ।
पक्राउ परेका चारैजनाको विगतको आरचण राम्रो नरहेको र हातहतियार मुद्दामा पक्राउ परी जेल सजायसमेत भइसकेकाहरु रहेको प्रहरी उपरीक्षक खनालले भन्नुभयो । प्रमोदका साथबाट तीन थान मोबाइलसमेत बरामद भएको छ । एउटाले फोन गर्ने अर्को नम्बरबाट फिरौती माग गर्नेजस्ता कामहरु गरिरहेका थिए । उनले बम विस्फोट वीरगञ्ज उपमहानगरपालिका वडा नं ८ बाट नलकटुवा बन्दुक एक, सोमा लाग्ने तीन थान गोलीसहित पक्राउ परी हातहतियार तथा खरखजना मुद्दामा सजाय भोगिसकेका छन् ।
अर्का गोसाई भने नारायणी आयल रिफाइनरीबाट रु २५ हजार फिरौती लिइसकेको स्वीकार गरेको सो अवसरमा उपरीक्षक खनालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक खनालले फिरौती रकम यदि कसैले माग गरेको छ या माग्दैछन् भने सोको जानकारी प्रहरी कार्यालय वा पायक पर्ने नजीकको प्रहरी युनिटहरुमा दिनका लागि प्रहरी उपरीक्षक खनालले आग्रहसमेत गर्नुभएको छ । पक्राउ परेका चारै जनालाई अदालतबाट पाँच दिनको म्याद लिई मुलकी अपराधसंहिता २०७४ को परिच्छेद २१ दफा २५३ बामेजिम अपराधी लाभ कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २६ मंसिर २०७६, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
नक्कली नोटसहित २ जना पक्राउ
आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ