सिग्देल बन्धु प्रतिष्ठान गैँडाकोटमा राजाराम

सफल खबर संवाददाता

विहीबार, २६ मंसिर २०७६, १७ : २३
सिग्देल बन्धु प्रतिष्ठान गैँडाकोटमा राजाराम

चितवन । सिग्देल बन्धु प्रतिष्ठान गैँडाकोट इकाइको नवौँ अधिवेशन तथा चौधौँ साधारण सभाले राजाराम सिग्देलको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा विष्णुप्रसाद सिग्देल, सीता सिग्देल, सचिवमा रामप्रकाश सिग्देल, सहसचिवमा माधव सिग्देल, कोषाध्यक्षमा शुुभकान्त सिग्देल चयन हुनु भएको छ । 

साधारण सभाको प्रमुख अतिथिमा सिग्देल बन्धु प्रतिष्ठानका केन्द्रीय लेखा समितिका संयोजक तथा वरिष्ठ समाजसेवी नारायणप्रसाद सिग्देल रहेका थिए ।

केन्द्रीय महासचिव गिरिराज उपाध्यायले संस्थामा राजनीति नहुने भन्दै संस्थालाई आगामी दिनमा यसरी नै अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा दुई जना वृद्धवृद्धालाई, तीन जना डाक्टर र अन्य दातालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष महेन्द्र सिग्देल केन्द्रीय सदस्य प्रकाश सिग्देललगायतको सहभागिता रहेको थियो । कार्यक्रम शशिचन्द्र सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस