नेपाली हवाई सेवा फेरि यूरोपेली यूनियनको कालोसूचीमा

विहीबार, २६ मंसिर २०७६, १७ : ०७
नेपाली हवाई सेवा फेरि यूरोपेली यूनियनको कालोसूचीमा

काठमाडौं । नेपाली हवाई सेवा फेरि पनि यूरोपेली यूनियनको कालोसूचीमा नै रहेको छ । यूरोपेली यूनियनले यसै साता संसारभरका वायुसेवा कम्पनीका सम्बन्धमा अपडेट गरेको सुरक्षा सूचीमा नेपाललाई कालोसूचीमा नै राखिएको छ । 

स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल चाँडै सुचीबाट निस्किने दावी गरेपनि नेपाल कालोसूचीबाट हट्न सकेन । नेपाल सन् २०१३ देखि ईयूको कालोसूचीमा नेपाललाई निरन्तरतामा राखिएको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण यस पटक नेपाल ईयूको सुरक्षा सूचीबाट पनि हट्ने अपेक्षा सरकारको थियो । तर, ईयूले यस पटक पनि नेपाललाई कालोसूचीमा नै राखेको छ । ईयूले हरेक ६\६ महिनामा यस्तो सूची अपडेट गर्ने गर्छ । 
 

प्रतिक्रिया दिनुहोस