उपसभामुख शिवमाया तुम्बाहाङ्फे राजीनामा दिँदै

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, २१ : ४३
उपसभामुख शिवमाया तुम्बाहाङ्फे राजीनामा दिँदै

काठमाडौँ । नेकपाको निर्देशनपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । 

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो । उनी नेकपाबाट उपसभामुख बनेकी थिइन् । 

नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको हो । यसबारे शिवमायाले पनि राजीनामाबारे छलफल भइरहेको भनदै छिट्टै निकास दिने बताइन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस