काठमाडौं । कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।
उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए ।
पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ । उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २४ मंसिर २०७६, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ
डीएसपी मधु नेपाल पक्राउ