काठमाडौं । कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ । कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।
उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए ।
पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ । उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २४ मंसिर २०७६, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ