पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा कोठाभित्र सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला लगाएको थियो । उनीहरु भाडामा बस्दै आएको घरकै कोठामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा करिब ७र८ दिन अघि नै हत्या भएको हुन सक्छ ।
घरधनीले कोठाबाट गन्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदेखि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको शव गन्हाएको अवस्थामा फेला पारेको हो । शव कपडाले बेरेर राखिएको थियो ।
प्रहरीका अनुसार उक्त कोठामा एक पुरुष र मृतक दुई जना गरी जम्मा तीनजना बस्दै आएका थिए । मृतक महिला र ती पुरुष पति–पत्नी रहेको बताइन्छ । घरबेटीले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरुले आफ्नो घर बाराको कलैया उपमहानगरपालिका–२६, सिसुवा बताएका थिए ।
तर पत्नी र छोरीको शव कोठामा कुहिन थालेको अवस्थामा पनि पति फेला नपर्नुले घटना रहस्यमय भएको प्रहरीको भनाइ छ । यसबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ मंसिर २०७६, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता