चितवन । नेपाली सेना विपद ब्यवस्थापन गण रिसौली चितवनले नारायणी नदीमा विपत अभ्यास प्रर्दशनी गर्ने भएको छ । २७ गते नारायणी नदी दियालो बंगला छेउमा अभ्यास प्रर्दशनी गर्न लागेको र त्यसका लागि सबै तयारी पुरा भएको विपद व्यवस्थापन गणका गणपति राजेन्द्र पराजुलीले बताउनु भयो ।
सो अवसरमा विपदका बेला उद्धार गर्ने सम्बन्धमा पूर्वअभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा प्रर्दशर्नी गर्ने र विपद व्यवस्थापन गणसँग भएका उद्धार सामाग्रीको प्रर्दशनी गर्ने गणपति राजेन्द्र पराजुलीले जानकारी दिनु भयो ।
सो अवसरमा आफूहरुसँग रहेका तीन प्रकारका सामाग्री हरुको प्रर्दशनी समेत गरिने उहाँको भनाइ छ । (सि एस एस आर) कोल्याप्स ईस्टक्चर सर्च एण्ड रेस्कूयू सम्बन्धी उद्धार सामाग्री, फायर फाईटिङ्ग सम्बिन्धी उद्धार सामाग्री र वाटर रेस्कुयु सम्बन्धी उद्धार सामाग्री सो अवससरमा प्रर्दशनी गरिने उहाँले जानकारी दिनु भयो । उद्धार प्रर्दशनी अभ्यासमा ३५ जना सहभागी रहने उहाँको भनाइ छ ।
विपद व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी सन्जय थापा कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउने उहाँले जानकारी दिनु भयो । त्यस्तै कार्यक्रममा जिल्लाका सरकारी निकायका अधिकारी, सुरक्षा अधिकारीहरुको सहभागिता रहने उहाँले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ मंसिर २०७६, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
नारायणी नदीले खतराको तह पार गर्यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार