सागमा गौरिकाले रचिन् इतिहास्, : आज फेरि जितिन् अर्काे स्वर्ण

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, १८ : ०५
सागमा गौरिकाले रचिन् इतिहास्, : आज फेरि जितिन् अर्काे स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा गौरिका सिंहले ४ वटा स्वर्ण पदक जितेकी छन् । पौडी खेलाडी सिंहले आज अर्काे स्वर्ण पदक जित्दै  एउटै सागमा चार स्वर्ण जितेर इतिहास रचेकी हुन् । 

सोमबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको १०० मिटरको फ्रिस्टाइलमा गौरिकाले ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो । 

उनले यसअघि ३ स्वर्ण जिति सकेकी छन् । सागमा कुनैपनि नेपाली खेलाडीले ४ वटा स्वर्ण जितेको यो पहिलो पटक हो । प्रतियोगितामा गौरिकाले १०० मिटरकै फ्रिस्टाइल, दुई सय मिटर ब्याकस्ट्रोक र फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्य समेत जितेकी छन् । 

यसअघि फरक फरक सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक विष्टले मात्र चार स्वर्ण जितेका थिए ।

प्रतिक्रिया दिनुहोस