सुनचाँदीको मूल्य घट्यो

सफल खबर संवाददाता

सोमबार, २३ मंसिर २०७६, १२ : २९
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको छ । 
आइतबार सुनको मूल्य ७१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७० हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी भने रु ३५ मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस