एजेन्सी । दबंग सिरिजको तेस्रो फिल्मले रिलिजअघि नै १ सय ५५ करोड कमाई सकेको छ । फिल्मले अमेजन प्राइमलाई अनलाइन स्ट्रिमिङ, टि सिरिजलाई सङ्गीत र जीलाई सेटलाइट राइट्स बेचेको छ । फिल्ममा सलमान खानबाहेक साइ मान्जरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा छन् । प्रभुदेवाद्वारा निर्देशित ‘दबंग थ्री’ वर्षको अन्तिममा डिसेम्बर २० मा रिलिज हुँदैछ ।
फिल्मले आफ्नो डिजिटल राइट्स अमेजन प्राइम भिडियोलाई ६० करोड भारुमा बेचेको छ । यस्तै ८० करोड भारुमा सेटलाइट राइट्सको खरिदकर्ता जी नेटवर्क बन्यो । यसबाहेक टी सिरिजले १५ करोड भारुमा फिल्मको म्युजिक राइट्स खरिद गरेको छ ।
दबंगको तेस्रो सिरिज अन्य तीनभन्दा हिट हुने निर्माण पक्षले दाबी गरेको छ ।
फिल्मको प्रोडक्सन सलमान खान, अरबाज खान र निखिल द्विवेदीको हो । संङ्गीत साजिद वाजिदले तयार गरेका छन् भने कहानी सलमान आफैंले लेखेका छन् । फिल्म डिसेम्बर २० मा रिलिज हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २३ मंसिर २०७६, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल र ज्ञानेन्द्र शाहीले गरे फिल्ममा अभिनय (तस्वीरहरू)
अजय–अक्षयको फिल्म भिडन्त, आज देखी दुबैको फिल्म थियटरमा
‘डिग्री माइला’ले ल्यायो ‘गफाडी’ प्रतियोगिता
फष्टलुक्स सार्वजनिक गर्दै फिल्म ‘अर्ध पागल’ले थाल्यो प्रचार
भोलि देशभरका फिल्म हल बन्द हुने
फिल्म अभिनय गर्दै सांसद ज्ञानेन्द्र शाही