द भ्वाइस अफ नेपाल सिजन २ का विजेता बने राम लिम्बु

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, ०८ : १३
द भ्वाइस अफ नेपाल सिजन २ का विजेता बने राम लिम्बु

काठमाडौं । चर्चित रियालिटी सो द भ्वाईस अफ नेपाल सिजन २ को उपाधि राम लिम्बुले जितेका छन्। शनिवार भएको भव्य ग्राण्ड फिनालेमा टीम प्रमोदका प्रतिस्पर्धी उनी दर्शकको भोटका आधारमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् ।

दोस्रो भ्वाइस अफ नेपाल बनेका लिम्बुले नगद १२ लाख र गाडी जितेका छन् । साथै उनले एक म्युजिक एल्बममा गीत गाउने मौका समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस