काठमाडौं । ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । अर्का घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका– ८ घर भएका १९ बर्षीय रेशम वलीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ ।
मोटरसाईलकलको पछाडि बस्ने घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् । घाइते चौधरीको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना लगतै दुबै घाइतेलाई उपचारका लागि लगिएको केही समयमै मोटरसाईकल चालक वलीको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल र रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु