काठमाडौं । ट्रयाक्टर र मोटरसाईकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । अर्का घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका– ८ घर भएका १९ बर्षीय रेशम वलीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ ।
मोटरसाईलकलको पछाडि बस्ने घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् । घाइते चौधरीको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना लगतै दुबै घाइतेलाई उपचारका लागि लगिएको केही समयमै मोटरसाईकल चालक वलीको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल र रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु