आँखा अस्पतालमा अदक्ष कर्मचारीबाट उपचार, प्रशासन मौन

पत्रपत्रिकाबाट

शनिबार, २१ मंसिर २०७६, ०६ : ४६
आँखा अस्पतालमा अदक्ष कर्मचारीबाट उपचार, प्रशासन मौन

महेन्द्रनगर । आँखा भनेको मानव शरीरका पाँच ‘सेन्टिभ’ इन्द्रीय मध्ये एक हो । आँखाको उपचारमा डाक्टरले नै लापर्बाही गरे पछि हालत के होला ? कञ्चनपुरमा रहेको एक अस्पतालले आँखा विशेषज्ञ हुँदा हुदै पनि दक्षताहिन व्यक्तिलाई प्रयोग गरेर आँखाको औषधी उपचार गर्ने गरेको एक सुत्रले जनाएको छ ।

महेन्द्रनगरको भीमदत्त नगरपालिका कार्यालय पछाडी रहेको महेन्द्रनगर आँखा अस्पतालल यस्ता क्रियाकलाप गर्दै आएको जन गुनासो बढेको छ । महेन्द्रनगरको सालघारीमा रहेको उक्त आँखा अस्पतालमा अदक्ष कर्मचारीबाट औषधी उपचार तथा परामर्श समेत गरिदै आएको गुनासो व्याप्त बन्दै गएको हो ।

नेपाल नेत्र ज्योती संघ गेटा कैलालीद्वारा सञ्चालित महेन्द्रनगर आँखा अस्पतालले अनविज्ञ तथा अदक्ष कर्मचारीलाई प्रयोग गरेर औषधी उपचार गर्ने गरिएको उपचारार्थ बिरामीले गुनासो गरेका छन् । वि.स. २०४२ साल देखि सञ्चालनमा रहेको नेपाल नेत्र ज्योती संघबाट सञ्चालित महेन्द्रनगर आँखा अस्पताल एक मात्रै होइन, अनेकै समस्याबाट ग्रसित बनेको भीनपा–९ का बिर सिंह गडालले आरोप लगाए ।
बिहान ९ बजे देखि २ बजे सम्म अस्पतालबाट सेवा सुविधा उपलब्ध गराइने भनेर ब्यानर ठड्याएको उक्त अस्पतालले दिनमा ३ घण्टा मात्रै कार्यालयको गेट खोल्ने गरेको गुनासो झलारीबाट आँखा परिणक्षका लागि आएका सन्तोष ऐरले गुनासो गरे ।

उनले भने ‘म बुढी आमालाई लिएर आँखा चेक अपका लागि १२ बजे पुग्दा गेट बन्द गरिएको थियो । फर्किर मेडिकल आमाको उपचार पश्चात सोध्दा त भवनको किनाराबाट भित्र पसेर डाक्टरलाई भेट्न सकिने कुरा मेडिकल सञ्चालकले बताए ।’ अस्पतालको गेट २ बजे बन्द गर्नु पर्ने भए पनि दिनमा मनलागि तरिकाले खोल्ने र बन्द गर्ने कार्य महेन्द्रनगर आँखा अस्पतालले गरि रहेको छ । सेवाग्राहीलाई दिनु पर्ने सेवा तथा उपचार र परामर्श सुरक्षा गार्डको भरमा गरिदै आएको पाइन्छ । कैलालीको गेटा आँखा अस्पतालबाट सञ्चालित यो अस्पतालले स्थानीयलाई झुक्याउने तरिकाले लापर्बाही गरिरहेको सवत्र्र गुनासो छ ।

अदक्ष तथा डाक्टर बिदामा बसेका दिन परिवारका आफन्तलाई हाजिर गर्न लगाएर तिनै आफन्तबाट समेत बिरामीको उपचार गराउने गरेको महेन्द्रनगरमा चस्मा व्यवसाय गर्ने एक जना व्यापारीले गुनासो गरे । ‘मान्छेहरु राम्रा डाक्टर हुन्छन अस्पतालमा भनेर त्यहाँ पुग्छन्, तर आँखा जस्तो सम्वेदनशिल अङ्गमा जो पायो त्यसैले औषधी उपचार गर्दा कतिपयलाई २/३ महिना पछि गम्भिर समस्या समेत देखिएको छ ।’ उनले भने । कैलीलीको गेटा पछिकै ठुलो र एकमात्र आँखा अस्पतालका रुपमा महेन्द्रनगर आँखा अस्पताल रहेको छ । तर सेवाग्राही प्रती अस्पतालले गरिरहेको लज्जास्पद व्यवहारले गर्दा उक्त अस्पतालको गरिमा संकाको घेरामा पर्ने देखिन्छ ।

विभिन्न गुनासो तथा आरोप सत्य नभएको उक्त अस्पतालका नेत्र अधिकृत बिर सिंह धामीले बताए । महेन्द्रनगर आँखा अस्पतालले त्यसरी जनतालाई ठग्ने तथा झुक्याउने कार्य कदापी गर्दै नगरेको जिकिर गरे । ‘हाम्रो अस्पतालमा आएका बिरामीलाई हामी आफै तीन जना बिशेषज्ञ छौ, स्वयं आफै आँखा परिक्षण र औषधी उपचार गर्दै आएका छौ । ति जे जस्ता आरोप छन् । सबै निराधार र कपोकल्पित छन् ।’ अधिकृत धामीले भने ।

यसरी टाढा/टाढाबाट आएका सेवाग्राहीलाई कार्यालयको गेट नै बन्द गरेर दिउसै तर्साउन खोज्नु महेन्द्रनगर आँखा अस्पतालको गैर जिम्मेवारीपना हो । अदक्ष तथा भरपोषणको भरौटे राखेर जनताका आँखा माथि खेलवाड गर्नु हदै सम्मको लाचारित्व र मर्यादित पेशालाई कलंकित पार्ने कायदा भएको स्थानीयको आरोप छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस