दाङ । मुटु रोगले पीडित हुनुभई हाल उपचाररत रहनुभएका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आर्थिक सहयोग प्रदान गरेको छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र जिल्ला शाखा अध्यक्ष सविन प्रियासनले आज उहाँलाई सहयोग स्वरुप रु एक लाख २६ हजार ६५ प्रदान गर्नुभयो । सो रकम महासङ्घका जिल्ला, प्रदेश , केन्द्रीय सभाषद् तथा यहाँका सञ्चारमाध्यमले उपलब्ध गराउनुभएको थियो । केन्द्रीय सभाषद् समेत रहनुभएका रिजालको उपचारका लागि महासङ्घ शाखाले सहयोग अभियानको सुरुआत समेत गरेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग
सडक बनाउन स्थानीयको दश लाख सहयोग
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग