भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् ।
वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिनुभयो ।
यसैगरी वडा नं १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताउनुभयो । उहाँले भन्नुभयो “ दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ,”
डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र जङ्गल नजिकै बासिन्दालाई टर्चलाइट बाँड्नेलगायतका काम गरेको जनाएको छ ।
कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार झापाका विभिन्न जङ्गलमा रहेका १३ रैथाने हात्तीले गाउँमा पसेर स्थानीयवासीलाई दुःख दिन थालेको बताउनुभयो । उहाँले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको जानकारी दिनुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २० मंसिर २०७६, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु