काठमाडौँको दानापानी बन्द गरिदिने धम्की दिने महतो बने काठमाडौँको सम्धी

सफल खबर संवाददाता

विहीबार, १९ मंसिर २०७६, २१ : ३५
काठमाडौँको दानापानी बन्द गरिदिने धम्की दिने महतो बने काठमाडौँको  सम्धी

काठमाडौँ । राजपा नेता राजेन्द्र महतोले काठमाडौँसँग पारिवारिक नाता गाँसेका छन् । उनको छोराको बिहे काठमाडौँको रैथाने नेवार समूदायसँग भएको हो । 

बिहेमा सहभागी भएका संघीय समाजवादी पार्टीका नेता संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बिहे अर्थपूर्ण भएको टिप्पणी गरेका छन् । 
‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौँकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न । शुभविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन’, भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । 

काठमाडौँ डिल्लीबजारका प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको बिहीबार बिहे भएको हो । काठमाडौंको एक होटलमा मैथिली परम्परा अनुसार भएको बिहेलाई सामाजिक परिवर्तनको क्षेत्रमा महतोले लिएको यो ठूलो कदम मानिएको छ । 
 महतोले भारतको अघोषित नाकाबन्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस