काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० निर्धारण गरेको छ ।
बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी रु १५ ले घटेर प्रतितोला रु ८५० मा खरीदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु ८६५ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १९ मंसिर २०७६, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मुल्य हालसम्मकै महँगो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?