काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० निर्धारण गरेको छ ।
बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी रु १५ ले घटेर प्रतितोला रु ८५० मा खरीदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु ८६५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १९ मंसिर २०७६, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?