कुस्तीका लागि जनकपुर तयार

पत्रपत्रिकाबाट

विहीबार, १९ मंसिर २०७६, ०७ : ०१
कुस्तीका लागि जनकपुर तयार

धनुषा  । जनकपुरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीको तयारी पूरा भएको छ । कुस्तीमा सहभागी हुने खेलाडी साँझसम्म आइपुगेका छन् । ‘जनकपुर दंगल’को लागि सुरक्षा कडा बनाइएको छ ।

जनकपुर आउने खेलाडीलाई स्थानिय कलाकार, नेपाली सेनाको टोली भव्य स्वागत गर्ने तयारी भएको छ । पुराना जीर्ण कर्भड हल कुस्तीका लागि रंगरोगन गरी चिटिक्क बनाइएको छ । कुस्तीकालागि जनकपुरको कभर्डहललाई रंगरोगन गरी सजाइएको छ । मंसिर २० गते देखि २३ गते सम्म आयोजना कुस्तीमा २० स्वर्णकालागि पाँच देशका खेलाडी सहभागी हुँदै छन् ।

पाँच देशमध्ये चार देशका खेलाडीलाई जनकपुर र पाकिस्तानका खेलाडीलाई महोतरीको बर्दिबासको होटलमा राखिएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमलकिशोर चौधरीले बताए । खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष चौधरीले बताए ।

जनकपुर आएपुगेका नेपाल र बंगलादेशका खेलाडी कुस्ती आयोजना हुने कभर्डहलमा अभ्यास समेत गरेका छन् । सागको कस्तीमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तर्राष्ट्रिय प्रशिक्षक, रेफ्रि र व्यवस्थापक सहभागी छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस