काठमाडौं । इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सात जना थुनुवा फरार भएका थिए ।
फरार भएका थुनुवाको खोजी गर्ने क्रममा फरार भएकामध्ये सखुवानानकरकट्टी गाउँपालिका–१ निवासी २४ वर्षीय रणधीरकुमार यादव, गोलबजार नगरपालिका–६ निवासी २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका–१ निवास १८ वर्षीय नवीनकुमार यादवलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
फरार रहेका अन्य चार थुनुवाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो । थुनुवा फरार भएको घटना छानविन गर्न प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोलीसमेत गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १८ मंसिर २०७६, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ