चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनसहित महानगरलाई शैक्षिक हब बनाउने प्रयास सफल हुँदै गएको बताएकी छिन । महानगरको नयाँ शैक्षिक गन्तव्य निर्धारण गोष्ठीमा उनले रामपुरमा इन्जिनियरिङ क्याम्पस ल्याउन सफल भएको, भरतपुर २३ मा बहुप्राविधिक विद्यालय स्थापनाको काम धमाधम भईरहनु पनि शैक्षिक विकासमा एउटा खुड्किलो चढेको बताइन् ।
खुल्ला विश्वविद्यालय महानगरमा ल्याउने प्रयास जारी रहेको दाहालले बताइन् । जग्गा निरिक्षण लगायतका काम अघि बढेको सुनाउँदै उनले महानगरमा खुल्ला विश्वविद्यालय आएमा शैक्षिक हब बनाउने प्रयासमा अर्को इँटा थपिने बताइन् ।
महानगरको शैक्षिक विकासका लागि महानगरको कुल बजेटको १५ प्रतिशत शिक्षा क्षेत्रमा छुट्याएको बताउँदै उनले आगामी वर्ष थप्दै लैजाने बताइन् । उनले महानगरमा रहेका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य अनुरुप एक एक वटा ल्यापटप दिने कार्यक्रम अघि सारिएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ मंसिर २०७६, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना