नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक

उपनिर्वाचनको औपचारिक समीक्षा आगामी सचिवालय बैठकमा गरिने

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १२ : १०
उपनिर्वाचनको औपचारिक समीक्षा आगामी सचिवालय बैठकमा गरिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष पुपकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र हालै सम्पन्न उपनिर्वाचनबारे जानकारी गराउनु भएको थियो ।
अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको स्वास्थ्यमा भएको सुधारप्रति प्रसन्नता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उपनिर्वाचनको औपचारिक समीक्षा आगामी सचिवालय बैठकमा गरिने छ ।
पार्टी प्रवक्ता श्रेष्ठका अनुसार बैठकले उपनिर्वचनको समीक्षा सम्बन्धित वडा, नगर र जिल्ला समितिले दुई दिनभित्र केन्द्रीय समितिमा पठाउन निर्देशन गरेको छ । पार्टी सचिवालयको आगामी बैठक पार्टी केद्रीय कार्यालय धुम्बाराहीमा मंसिर २३ गते बस्ने श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस