ग्लोबल आईएई बैंकको कारोबार बन्द

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, २१ : १२
ग्लोबल आईएई बैंकको कारोबार बन्द

काठमाडौँ । ग्लोबल आईएई बैंक र जनता बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले १८ घण्टाका लागि कारोबार प्रभावित हुने ग्लोबल आईएमई बैठकले एक सूचनामार्फत जनाएको छ । 

बुधबार साँझ ६ बजेदेखि बैंकको एटीमएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ, तथा इन्टरनेट बैंकिङ सेवा बन्द हुने तथा बिहीबार बैंकका सबैखाले सेवा बन्द रहने सूचनामा जनाइएको छ । 

बैंकले यसबाट ग्राहकमा पर्ने असुविधानप्रति क्षमयचना गर्दै २० गतेबाट भने ग्लोबल आईएमई बैंककै नाममा एकीकृत कारोबार सुचारु गर्ने जनाएको छ । 
यसैबीच बैंकको राजश्व काउन्टरबाट प्रदान गरिने सेवा भने यथावत रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस