काठमाडौं । मध्यपहाडी पुष्पलाल लोकमार्गको निसीखोला खण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज साँझ ५ बजेको समयमा निसीखोला गाउँपालिका–२ बायखोला खोर भन्ने स्थानमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो ।
लोकमार्गमा खसेको सुख्खा पहिरोको कारण करीब ३० मिटर सडक पुरिएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । पहिरोका कारण निसीखोला केही समय थुनिएको भए पनि पछि खोला सामान्य गतिमा बग्न थालेको थियो । पौडेलले सुख्खा पहिरो खसिरहेका कारण लोकमार्ग खुलाउन समस्या भएको बताउनुभयो ।
पहिरोबाट कुनै मानवीय क्षति नभएको बताउँदै पौडेलले लोकमार्ग खुलाउने प्रयास गरे पनि रातको समयमा समस्या भएका कारण बुधबार बिहान लोकमार्ग खुलाउने गरी लोकमार्गका आयोजनाका प्रतिनिधिसँग छलफल भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । लोकमार्ग अवरुद्धसँगै आवतजावतमा समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ मंसिर २०७६, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु