नेपालको दमदार सुरुवात

पत्रपत्रिकाबाट

मंगलबार, १७ मंसिर २०७६, ०७ : ४४
नेपालको दमदार सुरुवात

काठमाडौं । सागमा नेपालले दमदार प्रदर्शन गरेको छ । सन् १९९० मा नेपालमा सम्पन्न आठौं साग अझै अविस्मरणीय बन्नु स्वाभाविक छ ।

त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत, र २४ काँस्य जितेको थियो जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो । त्यसै संस्करणदेखि सागमा डेब्यू गरेका मार्सल आट्र्सका दुई बिधा तेक्वान्दो र करातेले सनसनीपूर्ण नतिजा दिएका थिए । 

अहिले १३ औं संस्करणमा फेरि नेपालका सफल दुई खेल तेक्वान्दो र करातेले आसलाग्दो सुरुआत गरेका छन् । यसपटक तेक्वान्दोका २९ स्वर्ण र करातेका २९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । सोमबारसम्ममात्रै नेपालले कूल १५ स्वर्णसहित २४ पटक हासिल गरिसकेको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस