लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज चितवनमा महिलामाथि हुने हिंसाको सुनुवाई कार्यक्रम

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १८ : ३१
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज चितवनमा महिलामाथि हुने हिंसाको सुनुवाई कार्यक्रम

चितवन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सोमबार चितवनमा सेभ द माईन्डको आयोजनामा अन्र्तक्रिया तथा महिलामाथि हुने हिंसाको सुनुवाई कार्यक्रम भएको छ । 

आजै आदर्श गृह, आदर्श नारी विकास केन्द्र र सामुदायिक सेवा केन्द्रको आयोजनामा चालक र सहचालसँगको अभिमुखीकरण कार्यक्रम समपन्न भएको छ । चालक तथा सह चालकबाट महिला बालबालिका तथा वृद्धावृद्धासँगै अन्य यात्रुमा हुने समस्या र त्यसको निराकरणका विषयमा जानकारी गराइएको आदर्श गृहकी अध्यक्ष मिना खरेलले जानकारी दिनुभयो । 

त्यस्तै सेभ द माईन्डका आयोजनामा समपन्न कार्यक्रममा अझै पनि महिलाहरु आफ्ना समस्या खुलेर बताउन नसक्ने गरेको पाइएको छ । संस्थाकी अध्यक्ष पूजा भुषालका अनुसार महिलाहरु आफूभित्र भएका समस्यालाई बाहिर ल्याउन नसक्दा झन् पीडित भएर बस्न बाध्य भएका छन् । 

पुरुषबाट हुने हिंसाका बारेमा महिलाहरु बोल्ने गरेको भए पनि महिलाबाट नै पीडित भएकाहरु बाल्न नचाहाने जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनु भयो । महिलाहरु महिला तथा घरमा भएका पीडाहरु घरको इज्जत भन्दै भित्रै पीडित भएर बस्ने गरेको भएपनि पछिल्लो समय गन्य मात्रामा त्यस्ता समस्या पनि प्रहरी समक्ष पुग्ने मल्लले बताउनु भयो । 

भरतपुर महानगरपालिका वडा – ४ को सहयोगमा भएको कार्यक्रममा सहभागी महिलाहरुले महिलासँगै पुरुषहरुलाई पनि हिंसा विरुद्धको विभिन्न तालिम आवश्यक परेको बताएका थिए । 
कार्यक्रममा भरतपुर महानगरपालिकाका वडा अध्यक्ष हरी आचार्य, महानरकी कार्यपालिका सदस्य पवित्रा केसी, वडा सदस्य प्रेम पाठक लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस