Safal Khabar - त्यो फिल्म जसको सुटिङका क्रममा अमिताभ बच्चन मृत्युको मुखमा पुगेका थिए
बिहिबार, २६ मङि्सर २०७६ (Thursday, 12 December, 2019)
त्यो फिल्म जसको सुटिङका क्रममा अमिताभ बच्चन मृत्युको मुखमा पुगेका थिए
सोमबार, १६ मङि्सर २०७६, १३ : ५७
त्यो फिल्म जसको सुटिङका क्रममा अमिताभ बच्चन मृत्युको मुखमा पुगेका थिए

एजेन्सी । बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन विगत ५० वर्षदेखि मानिसहरुलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् ।

अमिताभ आफ्नो काममा निकै गम्भीर छन् । अमिताभको मिहिनेत उनको फिल्ममा स्पष्ट देखिन्छ । तर अमिताभको एउटा फिल्म यस्तो पनि छ जसले उनलाई अपार सफलता त दिलायो तर मृत्युको मुखमा पनि पुर्याएको थियो । यहाँ कुरा हुँदैछ फिल्म ‘कुली’ को ।

फिल्म कुली डिसेम्बर २ मा रिलिज भएको थियो । यो फिल्मको सुटिङको क्रममा एउटा यस्तो दुर्घटना भयो कि अमिताभ बच्चन मृत्युको मुखमा पुगेका थिए ।

Yeti Diistillery
nic asia

के थियो घटना ?
फिल्मको सुटिङको क्रममा एउटा दृश्य यस्तो थियो कि उनका को–स्टार पुनित इस्सरले अमिताभलाई पन्च हान्नु थियो । यो दृश्य सुट गर्नेबेला सन् १९८२ जुलाई २६ मा अमिताभ घाइते भएका थिए । अमिताभलाई मुम्बईको एक अस्पतालमा भर्ना गरियो । यो घटनाको केही समयपछि अमिताभलाई ‘क्लिनिकल्ली डेड’ घोषित गरिएको थियो । अमिताभको पेटमा यति गहिरो चोट लागेको थियो कि उनको आन्द्रासमेत फुटिसकेको थियो ।

२५ प्रतिशत कलेजो लिएर बाँचिरहेका छन् अमिताभ
अमिताभका लागि दुई सय दानकर्ताले ६० बोतल रगत पनि दिएका थिए । तर यही बोतलमध्ये कुनै एक दानकर्ताको रगत हेपाटाइटिस बी भाइरसले संक्रमित थियो । सन् २००० मा हेपाटाइटिस बी भाइरसका कारण उनको कलेजो ७५ प्रतिशत खराब भयो । तर अमिताभले हार मानेनन् । उनी आज पनि सक्रिय रुपमा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस