सुनचाँदीको मूल्य घट्यो

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, १३ : ३८
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य  घटेको छ । आइतबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७१ हजार ४०० मा कारोबार भएको हो । 
तेजावी सुन ७१ हजार १०० मा कारोबार भएको छ । चाँदी पनि रु ५ ले घटेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस