चुनाव हारेपछि खेमराजले भने यस्तो

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, २१ : ४६
चुनाव हारेपछि खेमराजले भने यस्तो

काठमाडौँ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईसँग पराजित भएपछि काँग्रेस उम्मेदवार खेमराज पौडेलले एक मनछुने स्टाटस लेखेका छन् । 

‘सम्झिदिनु एक निष्ठावान मान्छे हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन’ उनले सामाजिक सञ्जालमा भनेका छन् । 

उनले अगाडि भनेका छन्, ‘म इमान्दार रहनेछु कास्कीको प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति, राजनीति जितेँ, मत जितिनँ तर सायद मन जितेँ कि जस्तो लाग्छ । 
उनले विजयी विद्यालाई बधाइ समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस