काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स–सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंक मंसीर १४ गते शनिबार उक्त अवार्डबाट सम्मानित भएको हो ।
सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । सोही क्रममा The Institute of Chartered Accounts of Nepal (ICAN) बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ । मंसीर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइटेलले बैंकको तर्फबाट सो अवार्ड ग्रहण गर्नुभएको छ ।
यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्र्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन : अर्थमन्त्री पौडेल
सरकारले तिर्नुपर्ने ऋणको अंश बढ्दै
सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषय
सुनको मूल्यमा सामान्य वृद्धि
ग्लोबल आइएमई बैंकले चितवनका कृषकहरुलाई सहुलियतपूर्ण कर्जा दिने
नेप्से परिसूचक बढ्दा सेन्सेटिभ इन्डेक्स घट्यो