पोखरामा फेरि अर्को बम पड्क्यो

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, १४ : ४६
पोखरामा फेरि अर्को  बम पड्क्यो

पोखरा । पोखरामा फेरि अर्को बम बिस्फोट भएको छ । पोखरा १६ चन्डिकामा बम बिस्फोट भएको हो । 

पोखरा १६ चन्डिकाको चन्डिका आधारभुत विद्यालय नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको छ । मतदान सुरु भएपछि पोखरा ९ नयाँबजारको नव प्रभात मावी, पोखरा ३३ बागमाराको सरस्वती टीका मावी र पोखरा १६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।

बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाकी छ ।

घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस