काठमाडौँ । सिरहा जिल्ला अदालत अगाडि कुकर बम विस्फोट भएको छ ।
जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको अधिवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । यसबारेमा थप जानकारी लिने काम प्रहरीले गरिरहेको उनले बताए । अहिले कसले किन बम विस्फोट गरायो भन्नेबारेमा सरोकारवाला निकायहरूले छलफल गरिरहेको उनले बताए । विस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलुचिस्तान बम विस्फोटमा ३२ जना पाकिस्तानी सेनाको निधन