५२ पदका लागि देशभरको उपनिर्वाचन शान्तिपूर्ण (फोटो फिचर)

शनिबार, १४ मंसिर २०७६, ११ : ३७
५२ पदका लागि देशभरको उपनिर्वाचन शान्तिपूर्ण (फोटो फिचर)

कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्वाचनको पोखरा १७ स्थित पार्दी मावि केन्द्रमा शनिवार विहान छोरा अर्जुन भण्डारीको सहायताले मतदान गर्दै ज्येष्ठ नागरिक ९७ बर्षीय टंककुमारी भण्डारी । तस्वीर : हरि बाँस्तोला/रासस

काठमाडौँ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार बिहानैदेखि मतदान जारी छ । निर्वाचन आयोगले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय  छ ।

देशभरको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।

प्रतिनिधिसभाको रिक्त रहेको कास्की–२, प्रदेशसभाको भक्तपुर  बागलुङ  दाङमा उपनिर्वाचन हुँदैछ । स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरमा प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको निर्वाचन भइरहेको छ । 

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन एमाले नेता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि चुनाव भइरहेको छ ।

पोखरा

पोखरा

पोखरा


पोखरा

म्याग्दी

भक्तपुर

भक्तपुर
 

 बनेपा

तस्विरहरु : रासस

चितवन

तस्विर : सफल खबर