संघमा १५ मन्त्रालय रहने

पत्रपत्रिकाबाट

विहीबार, २५ माघ २०७४, ०६ : ५१
संघमा १५ मन्त्रालय रहने

काठमाडौं । सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता डिल्लीराम शर्माले मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा संयोजक रहेको प्रशासनिक समितिले १५ वटा मन्त्रालय रहेको प्रतिवेदन पास गरेको बताए ।

समितिले पास गरेपछि क्याबिनेटमा जाने व्यवस्था छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

मन्त्रिपरिषदमा ४ वटा विषयगत समिति रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित, गृह, अर्थ, रक्षा, परराष्ट्रलगायतका मन्त्रालय यथावत रहेका छन् भने अन्य मन्त्रालयलाई कार्य विभाजन मिल्ने गरी समायोजन गरिएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस