काठमाडौँ । उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ ।
मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्साङ्कन (एलाइनमेन्ट) तथा स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको हो ।
चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मङ्सिर ९ गते काठमाडौँ आएको थियो । चिनियाँ टोली शुक्रबार स्वदेश फर्किसकेको छ ।
रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौँैं–पोखरा र काठमाडौँैं–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिए । उनले काठमाडौँैं–पोखरा र काठमाडौँैं–लुम्बिनी रेलमार्ग निर्माणका लागि चितवन कुरिनटारसम्म एउटै ‘एलाइनमेन्ट’ हुने अध्ययनले प्रस्ताव गरेको जानकारी दिए ।
स्थलगत अध्ययन टोलीमा चिनियाँसहित नेपालको रेल विभागबाट इन्जिनियर चित्रकार र अर्का इन्जिनियर नवराज भट्टको सहभागिता रहेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ मंसिर २०७६, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले अनुमति नदिएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द
नुवाकोटमा सकेर रसुवामा सुरु भयो केरुङ–काठमाडौँ रेलमार्गको सर्वेक्षण
भारतको आन्ध्र प्रदेशमा दुई वटा रेल ठोक्किए, ६ जनाको मृत्यु
२१ वर्षपछि रेल चढ्न पाउँदा…
जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार
आइतबारदेखि महोत्तरीको सितापुरसम्म रेल चल्ने