खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ । नगरप्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघि देखि उपचार गराइरहेका थिए । विसं २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकाश लिएर अध्यक्ष भएका थिए । उनी तत्कालीन नेकपा (एमाले)बाट विजयी भएका हुन् । शेर्पाको मयुममा नै आज दिउँसो अन्त्येष्टि गरिएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ मंसिर २०७६, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु