खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ । नगरप्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघि देखि उपचार गराइरहेका थिए । विसं २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकाश लिएर अध्यक्ष भएका थिए । उनी तत्कालीन नेकपा (एमाले)बाट विजयी भएका हुन् । शेर्पाको मयुममा नै आज दिउँसो अन्त्येष्टि गरिएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ मंसिर २०७६, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु