बनियानी । झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका जनाइएको छ । (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ मंसिर २०७६, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु